रेमिट्यान्स पठाउनेलाई फाइदा, डलरको भाउ हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेपछि विदेशमा रकम कमाएर नेपाल पठाउनेहरुले यो समयमा सवैभन्दा राम्रो मूल्य पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि प्रति अमेरिकी डलर खरिद मूल्य १ सय २४ रुपैंया ७ पैसा तोकेको हो । दुई महिनायता अमेरिकी डलरको मूल्य लगातार उकालो लागिरहेको छ । दुई महिना अगाडी एक डलरको खरिद मूल्य १ सय २० रुपैंया आसपास थियो ।

अमेरिकी डलरको मूल्यमा भएको वृद्दिले वैदेशिक रोजगारमा रहेकाहरुले विदेशबाट कमाएर पठाउने रकममा फाइदा हुन्छ । विदेशबाट पठाउने रकमको नेपालमा बढी रकम प्राप्त गर्न सकिने भएका कारण यस्तो समयमा सरदर रेमिट्यान्स बढ्ने गरेको छ । नेपालमा विदेशी मुद्राको सञ्चितिमा परिरहेको दवावलाई यसले केहि राहत दिने भएपनि विदेशबाट सामान आयात गर्न हुने खर्चमा पनि वृद्दि हुने गर्दछ ।

यसैबीच नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३२ रुपैंयाँ २५ पैसा छ भनें विक्रि दर २५ रुपैंया ४१ पैसा छ । यसैगरी युएई दिरामको खरिददर ३२ रुपैया ९४ पैसा तथा विक्रिदर ३३ रुपैंया १० पैसा छ । मलेसियन रिंगिटको खरिददर २८ रुपैया ८५ पैसा तथा विक्रि दर २९ रुपैंया रहेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैंया १६ पैसा तथ विक्रिदर ४ सय रुपैंया १३ पैसा छ । बहराइन दिनारको खरिददर ३ सय २० रुपैंया ९० पैसा र विक्रिदर ३ सय २२ रुपैंया ४९ पैसा तोकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: