सुरु भयो नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान

नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल अर्थात गौतमबुद्द अन्तराष्ट्रिय विमानस्थल, भैरहवामा व्यवसायिक उडान सुरु भएको छ । कुवेतको जजिरा एयरको उडान सोमवार विहान सो विमानस्थलमा अवतरण भएसँगै सो विमानस्थलबाट व्यवसायीक अन्तराष्ट्रिय उडान सुरु भएको हो ।

जजिरा एयरको सो विमान विहान ७ बजेर ९ मिनेटमा अवतरण भएको थियो । एयरबस ए ३२० सो विमान नेपालबाट यात्रु लिएर कुवेतका लागि उडिसकेको छ । जेजेडआर ४५६ कलसाइनको सो विमान बर्दिया, कैलाली हुँदै भारत प्रवेश गरेको हो । नेपाल आउँदा भनें भारतले लखनउ हुँदै भैरहवा प्रवेश गर्ने रुट नदिएका कारण सिमराबाट चितवन हुँदै भैरहवामा अवतरण गरेको थियो ।

बुद्ध जयन्तीको अवसर पारेर २ जेठदेखि सञ्चालनमा ल्याइएको सो विमानस्थलमा जजिरा एयरले पहिलो दिनदेखि नै नियमित उडान सुरु गरेको हो । आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेकोछ । जजिरा एयरवेजले सातामा तीन उडान गर्ने छ । भैरहवादेखि कुवेत र कुवेतदेखि भैरहवा गरी साताको तीन उडान गर्नेगरी जजिरा एयरवेजले उडान तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको तालिकाअनुसार आइतबार, मंगलबार, बिहीबार कुवेतबाट भैरहवा आउनेछ । त्यस्तै सोमबार, बुधबार र शुक्रबार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ । यसले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा चाप कम हुनेछ भनें लुम्विनि प्रदेश र सो भन्दा पश्चिमका बासिन्दालाई अन्तराष्टिय उडान सहज हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय