मलेसिया जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

रोजगारीका लागि वा अन्य कारणले मलेसिया जाँदै हुनुहुन्छ ? यहि हो भनें कोभिड-१९ सम्वन्धि मलेसियाको नयाा व्यवस्थाका बारेमा जान्न आवश्यक छ ।

मलेसियाले गत अप्रिल १ तारिख देखि सीमा नाका खुल्ला गरेको छ । तर आफ्नो मुलुकमा आउनेहरुबाट कोभिड-१९ नफैलियोस् भनेर मलेसिया सरकारले केहि सजगता पनि अपनाएको छ । तसर्थ सो प्रकृया पुरा गरेर मात्र मलेसिया जानु पर्दछ ।

मलेसिया जानेहरुले MySejahtera एप डाउनलोड गरी सो एपमा खाता बनाउनु पर्दछ । सो एपमा आइकन मार्फत डिजिटल प्रि डिपार्चर फारम भर्नु पर्दछ । यसैगरी आफ्नो डिजिटल कोभिड १९ खोप प्रमाणित गर्नुपर्दछ । यदि पहिले नै MySejahtera एपमा आफ्नो डिजिटल खोप प्रमाणपत्र प्रमाणित गरिसकेको भएमा भनें पुन: प्रमाणित गरिरहनु पर्दैन ।

यदि कोभिड-१९ सम्वन्धि खोपको पूर्ण मात्रा लगाएको भएमा कुनै टेष्ट गर्नु पर्दैन । तर यदि खोपको आँशिक मात्रा लगाएको वा खोप नलगाएको भएमा भनें मलेसिया प्रस्थान गर्नु दुई दिन पूर्व गरिएको पिसिआर टेष्टको नेगेटिभ रिपोर्ट साथमा हुनु पर्दछ । मलेसिया पुगेपछि ५ दिन क्वारेण्टिनमा बस्नु पर्दछ र त्यहाँ पनि परिक्षण गरी नेगेटिभ नतिजा आएमा मात्र सार्वजनिक स्थलमा सहभागि हुन अनुमति दिइन्छ । मलेसियामा गरिने परिक्षणको शुल्क यात्रुले नै व्यहोर्नु पर्दछ ।

थप जानकारी आवश्यक परेमा यो वेभसाइटमा हेर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय