कतारले नेपाललाई उपलव्ध गरायो अक्सिजन ट्यांकर

कतार सरकारले नेपाल सरकारलाई आगामी दिनमा अक्सिजनको अभावको समयमा मद्दत होस् भन्ने उद्देश्यले अक्सिजन ट्यांकर प्रदान गरेको छ । कतार सरकारका तर्फबाट नेपालका लागि कतारी राजदुत युसुफ मोहम्मद अल हैलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई ट्यांकर हस्तान्तरण गरेका छन् । सो अक्सिजन ट्यांकर झण्डै २ करोड ४६ लाख रुपैंया (७ लाख ४५ हजार कतारी रियाल) बराबरको रहेको नेपालस्थित कतारी दूतावासले जनाएको छ ।

कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको ट्यांकरको कागजात सचिव पोखरेललाई हस्तान्तरण गर्दै राजदूत अल हैलले कतार सरकार नेपाल सरकारलाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए । उनले कतार सरकार कोरोना महामारीसँग जुध्न सदैव नेपाल सरकारको साथमा रहको बताए ।

ट्यांकर हस्तान्तरणको कागजात बुझ्दै स्वास्थ्य सचिव डाक्टर पोखरेलले कतार सरकारले महामारीसँग जुध्न गरेको सहयोगको लागि धन्यवाद दिए । उनले भने, कतार सरकारले नेपाली नागरीकलाई रोजगारी प्रदान गरेर र आवश्यक परेको समयमा विभिन्न सामग्रि उपलब्ध गराएर जुन खालको सहयोग गरिरहेको छ त्यसको नेपाल सरकारले उच्च मुल्यांकन गरेको छ । अक्सिजन ट्यांकर मकवानपुर जिल्लाको हेटौंडामा रहेको हेटौंडा अस्पतालमा जडान गरेर अक्सिजन उत्पादन पनि शुरू भईसकेको सचिव पोखरेलले जानकारी दिए ।

नेपालका लागि सहयोग स्वरूप अक्सजन ट्यांकर पठाउंने क्रममा कतार फण्ड फर डेभलपमेन्टका कार्यकारी महानिर्देशक खलिफा विन जासिम अलकुवरीले दिगो विकास लक्ष्यमा उल्लेख भएको तेस्रो नम्बरको लक्ष्य हासिल गर्न नेपाल सरकारलाई कतार सरकारको साथ सधैं रहने वाचा गरे । कतार फण्ड फर डेभलपमेन्टले यसअधि कोरोना महामरीसंग जुध्न विभिन्न खाले स्वास्थ्य सामग्री, भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय