सामाजिक सुरक्षा कोषमा सरकारले जम्मा गरिदियो श्रमिकले पाउने १ अर्व बढी रकम

गत जेठ र असारमा श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने योगदान वापतको रकम मध्ये १ अर्व ६ करोड रकम सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिएको छ । सो रकम कोषमा सूचीकृत श्रमिकहरू तथा रोजगारदाताहरुले जम्मा गर्नुपर्ने रकम हो । कोभिड १९ को समयमा राहत स्वरुप सो रकम कोषमा सरकारले जम्मा गरिदिने सरकारले प्रतिवद्दता जनाएको थियो ।

कोषका प्रवक्ता विवेक पन्थीका अनुसार सरकारले कुल जम्मा गरिदिनु पर्ने रकम मध्ये सो रकम ८४ प्रतिशत हो । बाँकी १६ प्रतिशत रकम सरकारले उपलव्ध गराएपछि योगदानकर्ताको खातामा जम्मा गरिदिने कोषले जनाएको छ । दोस्रो चरणको कोभिड संक्रमणका कारण समस्यामा परेका श्रमिक तथा रोजगारदातालाई पनि राहत हुने गरी सरकारले दुई महिनाको योगदान रकम आफैंले भुक्तानी गरिदिने निर्णय गरेको थियो ।

चालु आर्थिक वर्ष २०७८ ०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रमिकले योगदान गर्नुपर्ने ११ प्रतिशत र रोजगारदाताले भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम सरकारले भुक्तानी गर्ने घोषणा गरेका थिए। उक्त समयसम्म कोषमा सूचीकृतमध्ये नियमित योगदान गर्ने करिब डेढ लाख श्रमिकलाई सरकारले जेठ र असारको योगदान रकम अनुदान दिने उल्लेख गरेको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: