वैदेशिक रोजगारमा पठाउने भन्दै ४१ लाख ५० हजार ठगेको अभियोगमा मुद्दा दायर

वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै एक व्यक्तिबाट ४१ लाख ५० हजार ठगेको अभियोगमा दुईजना व्यक्ति उपर वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ । विभागले कास्कीका सदीक्षा गुरुङ र उनकी आमा खिनशोभा गुरुङ उपर ठगिको अभियोगमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

सदीक्षा र निजकी आमा खिनशोभाले पोखराका कुमार गुरुङलाई क्यानडा पठाइदिने नाममा ४१ लाख ४२ हजार ५ सय रकम लिएर ठगेको विभागको ठहर छ । विभागले ठगिको रकममा २० लाख ९१ हजार २ सय ५० हर्जना सहित ६२ लाख ७३ हजार ७ सय ५० रुपैंयाँ असुल उपरको दावी सहित न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

विभागका सुचना अधिकारी कृष्ण प्रसाद भुसालका अनुसार ठगिको जाहेरीका आधारमा आमाछोरी गत चैत्र २४ गते पक्राउ परेका छन् । भुसालका अनुसार उनीहरुले ठगि गरेको पुष्टि भएको हुँदा रकम असुल उपरका लागि न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय