मलेसियामा बढ्यो न्यूनतम तलव, दूतावासले नयाँ तलव अनुसारको मागपत्र मात्र प्रमाणीकरण गर्ने

मलेसियाले यहि मे १ तारिखदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम तलव १ हजार ५ सय रिंगिट तोकेको छ । यस अगाडी नै मलेसिया सरकारले न्यूनतम तलव बढाउने घोषणा गरिसकेको थियो । सोही अनुरुप मलेसियाले मे १ तारिख देखि न्यूनतम तलव कार्यान्वयन सुरु भएको घोषणा गरेको हो ।

मलेसिया सरकारले न्यूनतम तलव बृद्दि गरेसँगै मलेसिया स्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्न आउनेहरुलाई सोही बमोजिमको मागपत्र तथा रोजगारी सम्झौता पत्र अनुरुप ल्याउन सूचित गरेको छ । दूतावासले यस अगाडी नै प्रमाणीकरणका लागि पेश गरिएका तर प्रमाणीकरण नभइसकेको मागका लागि समेत न्यूनतम तलवमा नयाँ व्यवस्था अनुसार गर्न सूचित गरेको हो ।

न्यूनतम तलव वृद्दि भएसँगै सो मुलुकमा कार्यरत आप्रवासी श्रमिक पनि लाभान्वित हुनेछन् । मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले श्रम बजारमा मलेसियन युवालाई आकर्षित गर्ने उद्देश्यले न्यूनतम तलवमा वृद्दि गरिएको बताएको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । मलेसियाका प्रधानमन्त्री ईस्माइल साव्रीले गत मार्च १९ तारिखमा नै मे १ देखि नयाँ पारिश्रमिक लागु हुने घोषणा गरिसकेका थिए । आम नागरिकको जीवनयापनमा सहयोग गर्ने उद्देश्यले श्रमिकको न्यूनतम तलव वृद्दि गर्नुपर्ने अवस्था रहेको उनले बताएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: