मलेसियामा नेपाली श्रमिकलाई २४ घण्टे बिमा सुविधा दिने प्रतिवद्दता, श्रम मन्त्रीले उठाए शुन्य लागतको प्रभावकारी कार्यान्वयनको विषय

मलेसियाले नेपाली श्रमिकलाई आगामी जनवरी देखि लागु हुने गरी २४ घण्टे बिमा सुविधा लागु गर्ने प्रतिवद्दता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृृष्ण कुमार श्रेष्ठको मलेसिया भ्रमणका क्रममा मलेसियाको सामाजिक सुरक्षा सम्वन्धि काम गर्ने संस्था (सोक्सो) का प्रमुख कार्यकारी अधिकृतले यस्तो प्रतिवद्दता जनाएका हुन् ।

मलेसिया स्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै मन्त्री श्रेष्ठको आग्रह बमोजिम आगामी जनवरी देखि सो सुविधा उपलव्ध गराउने प्रकृया अगाडी बढाइने जनाएको छ ।

यसअगाडी मन्त्री श्रेष्ठले मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानसँग द्दिपक्षिय छलफल गरेका थिए सो बैठकमा नेपाल र मलेसियावीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बारेमा छलफल भएको थियो । मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरु प्रदान गर्ने, रोजगारीको लागि युवाहरुको छनौट तथा नियुक्तिलाई शुन्य लागत सहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको दूतावासले जनाएको छ ।

यसैगरी मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवल बनाउने विषयमा पनि छलफल भएको थियो । नेपाली श्रमिकहरुलाई आफ्ना अधिकार र आफुले पालना गर्नुपर्ने शर्तहरुको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या आइपरे तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरुको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा पनि छलफल भएको जनाइएको छ ।

वैठकमा मन्त्री श्रेष्ठले मलेसियाको निजि सुरक्षा गार्डको रुपमा नेपाली यूवाहरुलाई अवसर दिएकोमा धन्यवाद दिँदै सो क्षेत्रमा कार्यरत यूवाहरुको आधारभूत तलब बढाउने, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन पनि आग्रह गरेका थिए ।

वैठकमा नेपाल र मलेसियाबीच कायम रहेको श्रम सम्बन्धी संयुक्त कार्यदलको तेस्रो बैठक छिटै नै काठमाडौमा गर्ने र बैठकमा छलफल भएका विषयहरुलाई औपचारिकता दिने विषयमा समेत सहमति भएको दूतावासले जनाएको छ ।

क्वालालम्पुर स्थित नेपाली दूतावासको निरिक्षण भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विदेशमा कार्यरत सम्पूर्ण नेपालीहरुको सामाजिक सुरक्षालाई सुनिश्चित गर्नको लागि नेपाली श्रमिकहरुको श्रम स्वीकृति नवीकरण गर्ने प्रक्रियालाई तत्काल थप सरलीकरण गर्ने जानकारी गराएका थिए । मलेसियामा रहेका नेपाली नागरिकहरुलाई राजदूतावासबाट भइरहेको सेवा प्रवाहको प्रशंशा गर्दै निरन्तर सुधारको लागि निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठको नेतृत्वमा रहेको भ्रमण दलमा मन्त्रालयका सचिव एकनारायण अर्याल लगायत छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: