कतारमा आफ्नो बसाईलाई वैधानिक बनाउने वा स्वदेश फर्किने अवधि तीन दिन बाँकी

कतारमा आवासिय नियम र काम सम्वन्धि भिसाको नियम उल्लंघन गरी बसिरहेका आप्रवासी श्रमिकले आफ्नो बसाईलाई वैधानिक बनाउने वा विना कुनै अतिरिक्त समस्या स्वदेश फर्किन निवेदन दिने समय अव तीन दिन बाँकी रहेको छ ।

कतारको आन्तरिक मन्त्रालयले त्यसरी आफ्नो कतार बसाईलाई नियमित गर्ने वा स्वदेश फर्किन चाहनेहरुका लागि अप्रिल ३० तारिख भित्र निवेदन दिने समय दिएको छ । यसका बारेमा कतारको दोहा स्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ती पढ्नुहोस्

“कतारको आप्रवासी आगमन र प्रस्थान तथा उनीहरुको आवास नियमन गर्ने सन् २०१५ को कानून नम्बर २१ उल्लंघन गरेका अवैध आप्रवासीको कानूनी हैसियत संशोधन गरी नियमित गर्ने अवधी आगामी ३० अप्रिल २०२२ सम्म थप गरिएको यहाँको आन्तरिक मामिला मन्त्रालयले घोषणा गरेको छ।

यस घोषणाबाट आवासिय नियम (residency rules) तथा कामसम्बन्धी भिसा नियम (work visa rules) उल्लंघन गरेका आप्रवासीहरुले लाभ लिन सक्ने तथा त्यस्ता आप्रवासीले देहायअनुसार गर्नुपर्ने जनाइएको छ;

  •  अवैध आप्रवासी वा रोजगारदाताले Search and Follow-up Department मा Settlement निवेदन पेश गर्नुपर्ने।
  • एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्थानान्तरण (transfer) हुन चाहने अवैध आप्रवासीले Search and Follow-up Department वा देहायका स्थानमा रहेका सेवा केन्द्रहरुमा निवेदन पेश गर्नुपर्ने;
  1. Umm Salal
  2. Al Rayyan
  3. Mesaimeer
  4. Al Wakra
  5. Umm Senaim
  • हालको रोजगारदातामातहत रहि आवासिय अनुमतिपत्र (Residence Permit) जारी वा नवीकरण गर्नको लागि देहायका स्थानमा रहेका सेवा केन्द्रहरुमा Settlement निवेदन पेश गर्नुपर्ने;
  1. Al Shamal
  2. Al Khor
  3. Al Daayen
  4. Umm Salal
  5. The Pearl
  6. Onaiza
  7. Souq Waqif
  8. Al Rayyan
  9. Umm Senaim
  10. Al Shahaniya
  11. Mesaimeer
  12. Al Wakra
  13. Dukhan

माथि उल्लेखित सेवा केन्द्रहरुमा निवेदन पेश गर्ने समय दिउँसो १ बजेदेखि ५ बजेसम्म।

यो घोषणाबाट कतार सरकारले जारी गरेको यो घोषणा ३० अप्रिल २०२२ (तदनुसार २०७९ बैशाख १७ गते) सम्म लागू हुने भएकोले उल्लेखित अवधिमा यस अवसरको सदुपयोग गर्नुहुन सम्बन्धित सबै नेपालीलाई अनुरोध गरिन्छ।”

२०७८ चैत ३०

नेपाली राजदूतावास

दोहा, कतार।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय