श्रममन्त्री श्रेष्ठ बुधवार मलेसिया जाँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम सरभनानको निमन्त्रणामा मन्त्री श्रेष्ठ मलेसियाको चार दिने भ्रमणमा जान लागेका हुन् ।

मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फैजलले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलवार भएको भेटवार्तामा उनीहरुबीच द्धिपक्षिय हितका साथै सहकार्यका बिषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे । मलेसियाका कार्यवाहक राजदूत फैजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए । मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सरभनानसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल मलेसिया संयुक्त समितिको वैठकका एजेण्डा तय गर्ने कार्यक्रम छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्ने मन्त्री श्रेष्ठको सचिवलायले जनाएको छ । भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसंग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलक मध्ये एक हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: