श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवमा नेपालीहरु विभिन्न समस्यामा परेको गुनासो आएको भन्दै समस्या समाधानको पहल गर्न आग्रह गरेका छन् । नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदुत नाइफ अलोटाइवीसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।

सो अवसरमा श्रममन्त्री श्रेष्ठले सम्झौता अनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या उच्च रहेको बताएका थिए । नेपाल र साउदी अरबबीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले बताए । श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानवश्रोत आपुर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको उनको भनाई थियो ।

मन्त्री श्रेष्ठले साउदी अरब सरकारको सहयोगमा नेपालमा साउदी लक्षित सीप प्रशिक्षण केन्द्र सञ्चालनको प्रस्ताव पनि गरेका थिए । अहिले साउदी अरब जाने अधिकांश कामदार न्यून दक्ष रहेकोले सीपयुक्त जनशक्ती उत्पादन गर्न सीप परिक्षण परियोजना सञ्चालन गर्न सकिने मन्त्री श्रेष्ठले बताए ।

राजदुत अलोटाइवीले नेपाली श्रमिकको सहजताको लागि आफु प्रतिबद्ध रहेको बताए । करिव चार लाख श्रमिक कार्यरत रहेको साउदी अरब नेपाली श्रमिकहरूको लागि प्रमुख श्रम गन्तव्य हो । नेपाल र साउदी अरबबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय