सुरक्षा श्रमिकको नेतृत्व चयन

नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन (नेष्टु) को तेश्रो राष्ट्रिय अधिवेशनले आशिष खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ राष्ट्रिय कमिटी चयन गरेको छ । पदाधिकारी तथा सदस्य सहित ९ जनालाई अधिवेशनले निर्वाचित गरेको छ भनें बाँकी सदस्य पछि थपिने जनाइएको छ । नवगठित कमिटीको उपाध्यक्षमा वासुदेव अधिकारी, महासचिवमा कुमारी लुईंटेल, आर्थिक सचिवमा गणेश बहादुर सापकोटा र श्रम तथा सामाजिक सुरक्षा सचिव देवेन्द्र डँगोल रहेका छन् । यसैगरी सदस्यहरुमा शंकर घिमिरे, अर्जुन बहादुर पोखरेल, भीम प्रसाद घिमिरे र जीवन लामा चयन हुनुभयो । महिला सचिव सहित बाँकी सदस्यहरु पछि थपिनेछन् ।

यसैबीच नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले नेष्टुको तेश्रो राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिका रुपमा बोल्दै नेपालमा सामाजिक सुरक्षा कार्यक्रम केपी ओली नेतृत्वको सरकारले लागु गरेपनि वर्तमान सरकार गठन हुने वित्तिकै त्यसलाई धरापमा पार्न खोजिएको बताए । उनले जतिसुकै जालझेल गर्न खोजिएपनि त्यसलाई निस्तेज पारिने र श्रमिकको हक र हितका विषयलाई व्यवहारमा उतारिने धारणा राखे ।

जिफन्ट अध्यक्ष श्रेष्ठले नेपालको ट्रेड यूनियन आन्दोलन धेरै उतारचढाव भोग्दै अहिलेको अवस्थासम्म आइपुगेको स्मरण गर्दै नेष्टुको यात्राका बारेमा पनि चर्चा गरे । कुनै समयमा सुरक्षा श्रमिकलाई श्रमिक नै नमान्ने गरेको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले विस्तारै सो धारणामा परिवर्तन आएको बताए । अध्यक्ष श्रेष्ठको भनाई थियो, “जहाज उडाउने पाइलट होस् वा जमिनमा ट्याक्टर चलाउने ड्राइभर होस्, विश्वविद्यालयमा पढाउने प्राध्यापक होस् वा चिया वगानमा चिया टिप्ने व्यक्ति, सवै श्रमिक हुन् भन्ने विषयमा हामी अहिले स्पष्ट छौं ।” श्रमिकलाई एकजुट हुन नदिन र छिन्नभिन्न बनाउन आउटसोर्सको अवधारणा ल्याइएको भन्दै उनले त्यसो हुन नदिन जिफन्टले सुरक्षा क्षेत्रमा पनि यूनियन बनाएको र त्यसले धेरै हदसम्म बेथिति, विकृति रोक्न सफल भएको धारणा राखे ।

श्रेष्ठले आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन एउटा जनमत संग्रह नै हुने बताएका छन् । उनले सो निर्वाचन श्रमिक पक्षिय उम्मेदवारहरुले जित्नेकी विदेशीको ईशारामा चल्नेहरुले जित्ने छिनोफानो हुने भन्दै एकतावद्द भएर निर्वाचनमा होमिन सम्पूर्ण श्रमिकलाई आग्रह गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: