श्रमिकका लागि विज्ञापन गर्दा बाँकी संख्याको मात्र विज्ञापन गर्नु: विभाग

वैदेशिक रोजगार विभागले रोजगारीका लागि श्रमिकको माग सहितको विज्ञापन प्रकाशित गर्दा तथ्यपरक नहुने गरेको देखिएको भन्दै मेनपावर कम्पनीहरुलाई सचेत गराएको छ । विभागले एक सुचना प्रकाशित गर्दै पुन: विज्ञापन गर्ने इजाजत प्राप्त संस्थाहरुले पूर्व स्वीकृति लिएको माग संख्यामा छनौट भएर बाँकी रहेको संख्यामा मात्र विज्ञापन प्रकाशन गर्नुपर्नेमा कतिपयले सुरुमा माग भएकै संख्या सहित विज्ञापन गर्ने गरेको भन्दै सचेत गराएको हो । विभागले अव उपरान्त श्रमिक छनौट गर्न बाँकी रहेको संख्याको मात्र विज्ञापन प्रकाशन गर्न र सोको एक प्रति विभागमा पठाउनु पर्ने जनाएको हो ।

विभागले हाल अधिकाँश मेनपावर कम्पनीहरुले कानुन बमोजिम प्रकाशन गर्नुपर्ने विज्ञापनको एक प्रति विभागमा नपठाउने गरेको भन्दै विज्ञापन प्रकाशित भएको पत्रिकारको नाम र मिति खुल्ने गरी विभागमा पठाउनु पर्ने जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: