नेपालबाट घरेलु श्रमिक लैजान मलेसिया ईच्छुक

मुलुकमा रहेको घरेलु श्रमिकको ठूलो माग धान्न मलेसियाले नेपाल लगायतका मुलुकहरुसँग सम्वाद सुरु गरेको छ । मलेसियाले नेपालसँगै ईण्डोनेशिया, भियतनाम, कम्बोडिया, श्रीलंका र बंगलादेशसँग घरेलु श्रमिकका लागि सम्वाद अगाडी बढाएको हो ।

मलेसियाको सरकारी सञ्चार माध्यम बेर्नामाका अनुसार मलेसियामा हाल १० हजार घरेलु श्रमिकको माग छ । घरेलु श्रमिकको सुरुवाती मासिक न्यूनतम तलव १ हजार २ सय रिंगिट (नेरु करिव ३४ हजार) हुनेछ । रोजगारदाताले १ हजार ५ सय रिंगिटसम्म दिनसक्नेछन् । सुरुमा ईण्डोनेशियाबाट घरेलु श्रमिक आउने समाचारमा जनाइएको छ । मलेसिया ईण्डोनेशियाली श्रमिकको प्रमुख गन्तव्य मुलुक हो । भाषामा समानता र समान संस्कृति भएका कारण ईण्डोनेशियाली श्रमिकको रोजाईमा मलेसिया पर्दछ ।

यसैबीच मलेसियाले आगामी डेढ महिना भित्रै झण्डै २ लाख विदेशी श्रमिक भित्रियाउने प्रकृया पुरा गर्ने भएको छ । कोभिड-१९ पश्चात लामो समयसम्म विदेशी श्रमिक लिन रोकेको मलेसियामा हाल श्रमिकको अभाव चर्को छ । तसर्थ सो मुलुकले निर्माण, कृषि, कारखाना, सेवा क्षेत्रमा तत्काल विदेशी श्रमिक लिने निति लिएको छ । नयाँ श्रमिक लिने निति लिएपश्चात हालसम्म २४ हजार श्रमिकका लागि अनुमति दिने प्रकृया सकिएको र १ लाख ७९ हजार श्रमिक लिने प्रकृया ६ हप्ता भित्रै सक्ने मलेसियाका मानव संशाधन मन्त्रीले जनाएको बर्नामाले जनाएको छ । मलेसियामा अहिले ६ लाखको हाराहारी विदेशी श्रमिकको माग रहेको जनाइएको छ ।

मलेसियाले विदेशी श्रमिकलाई मलेसियामा रोजगारदाताको शोषणबाट जोगाउन मलेसियाको श्रम कानुनका विषयमा अभिमुखिकरण तालिम दिने योजना समेत अगाडी सारेको छ । मानव संशाधन मन्त्री एम शरभनानले सो तालिममा मलेसियामा आप्रवासी श्रमिकको अधिकार लगायतका विषयमा जानकारी दिइने र त्यसले ति श्रमिकलाई सम्भावित शोषणबाट जोगाउने बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: