विदेशी श्रमिकको अभाव झेल्दै कुवेत

कोभिड-१९ का कारण ठूलो संख्यामा विदेशी श्रमिक स्वदेश फर्किएपछि कुवेतमा विदेशी श्रमिकको अभाव सुरु भएको छ । कुवेतको अल जरिदा समाचारपत्रले विशेषगरी दक्ष श्रमिकको अभाव सुरु भएको समाचार लेखेको छ । श्रमिकको अभाव भएपछि माग बढेको समचारमा जनाइएको छ ।

कोभिडको महामारी सुरु भएपछि दशौं हजार विदेशी श्रमिक स्वदेश फर्केपछि श्रमिक अभाव भएको समाचारमा उल्लेख छ । त्यसरी फर्केका मध्ये अधिकाँश पुन: कुवेत नफर्किने गरी स्वदेश फर्किएको र कतिपय स्वदेश फर्केर पुन: रोजगारीमा नआउँदा समस्या चर्किएको जनाइएको छ । कुवेत पुन: फर्किने गरी स्वदेश फर्केकाहरु कोभिडका कारण स्वदेशमै रोकिएका र उनीहरुको भिसाको म्याद सकिएका कारण पुन: कुवेत फर्किन नपाएको हुनसक्ने समाचारमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: