कम्तीमा एक हजार डलर नेपाल पठाउने एनआरएनएको अभियान

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने निर्णय गरेको छ । संघको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

संघको बैठकमा विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर एकाउन्ट खोल्न अनुरोध गर्ने र एकाउन्टबाट कम्तीमा एक हजार डलर सम्बन्धित देशको बैंकमार्फत नेपालमा ट्रान्सफर गर्न अनुरोध गर्ने निर्णय भएको छ,’ संघद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

सोमबार संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विदेशी मुद्रा (डलर) को कमीलाई कसरी कम गर्न सकिन्छ भनेर अर्थमन्त्री, राष्ट्रबैंकका गभर्नर लगायतको उपस्थितिमा बुधवार जुममार्फत छलफल गर्ने कार्यक्रम पनि तय गरेको छ ।

यसैगरी बैठकले विदेशबाट अनलाइनमार्फत डलर खाता खोल्दा आइपर्ने प्राविधिक समस्याका बारेमा अध्ययन गरि नेपाल सरकारका प्रतिनिधिलाई जानकारी दिन उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा सबै उपाध्यक्ष रहने गरि एक कार्यदल समेत गठन गरेको छ ।

आकस्मिक बैठकले कोषाध्यक्षहरुको नेतृत्वमा सबै सहकोषाध्यक्ष रहने गरी डलर खाता खोल्नको लागि चाहिने कागजी प्रक्रिया र आर्थिक पक्षको अध्ययन गरी सबै गैरआवासीय नेपालीलाई जानकारी गराउने र एकाउन्ट खोल्न सहजीकरण गर्ने निर्णय गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: