कतारले थप्यो बसाईलाई वैधानिक बनाउने वा सहजै स्वदेश फर्किने समयावधि

रोजगारका क्रममा आएर विभिन्न कारणले बसाई अवैधानिक भएका विदेशी (आप्रवासी) श्रमिकले आफ्नो बसाईलाई वैधानिक बनाउन सक्ने समयावधिलाई कतारले एक महिना थपेको छ । नयाँ रोजगारी प्राप्त गरी कतारमा नै बस्न चाहनेहरु वा स्वदेश फर्किन चाहनेहरुले अप्रिल ३० सम्मको समय पाएका छन् ।

द पेनन्सुला कतारका अनुसार कतारको आन्तरिक मन्त्रालयले आप्रवासी श्रमिकले आफ्नो बसाईलाई वैधानिक बनाउन सक्ने समयावधि थपेको छ । हाल कतारमा अवैधानिक रुपमा बस्दै आएकाहरुले स्वदेश फर्किन चाहेमा पनि सहज रुपमा स्वदेश फर्किन पाउनेछन् ।

रोजगारीको भिसामा कतार गएर कतारी आईडी प्राप्त नगरेका वा नविकरण नभएकाहरुले आफ्नो कतार बसाईलाई वैधानिक बनाउन चाहेमा कुनै रोजगारदाताबाट जव अफर लेटर सहित तोकिएको केन्द्रमा गएमा आफ्नो बसाईलाई वैधानिक बनाउन सक्ने जनाइएको छ । त्यसरी जानेहरुले हालसम्मको तिर्नुपर्ने दण्ड जरिवाना छुट पाउने छन् र नयाँ कम्पनीमा रोजगारी स्थापित हुनेछ ।

रोजगारदाता परिवर्तनका लागि आवेदन दिन कतारको आन्तरिक मन्त्रालयले केहि सेण्टरहरु तोकेको छ । उम्म सलाल, उम्म सुनाईम (साविकको ईन्डस्ट्रीयल एरिया), अल सहानिया, अल वाक्रा वा रैयान सेवा केन्द्र, अल समाल, अल खोर, अल दायेन, द पर्ल, ओनाइजा, सुक वाफिक, मेसाईमिर वा दुखानका साविकका रोजगारदाता अन्तर्गतको आवास अनुमति जारी वा नविकरणको आवेदन लिने सेवा केन्द्रहरु मध्ये कुनै एकमा गएर निवेदन दिन सकिने मन्त्रालयको सुचनामा जनाइएको छ ।

स्वदेश फर्किन चाहनेहरुले भनें सर्च एण्ड फलोअप डिपार्टमेण्टमा रहेको काउण्टरमा स्वदेश फर्किने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट हुनेछ । यसरी आवेदन दिनेहरुले अपरान्ह १ बजेदेखि ५ बजेसम्म ति सेण्टरहरुमा निवेदन दिन सक्नेछन् ।

मन्त्रालयका अनुसार यसबीचमा २८ हजार व्यक्तिको निवेदन प्राप्त भएको छ जसमध्ये ८ हजार २ सय २७ व्यक्ति स्वदेश फर्केका छन् । यसैगरी ६ हजार व्यक्तिले नयाँ रोजगारदातासँगको रोजगार सम्वन्ध स्थापित गरेका छन् । अन्यको निवेदन प्रकृयामा रहेको जनाइएको छ । यस अगाडी सन् २०२१ को डिसेम्वरसम्मका लागि तोकिएको यो समयावधि पछि बढाएर मार्च ३१ सम्मका लागि तोकिएको थियो । हाल एक महिनाका लागि बसाई वैधानिक बनाउने वा सहज रुपमा स्वदेश फर्किन पाउने व्यवस्था थप गरिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: