सरकारद्दारा २० देशमा राजदूत सिफारिस

सरकारले २० देशमा राजदूत सिफारिस गरेको छ । मन्त्रीपरीषद बैठकले राजदूतका लागि नामहरु सिफारिस गरेको हो । सरकारले सिफारिस गरेकाहरुको संसदिय सुनुवाई पश्चात राजदूत नियुक्तिको प्रकृया अगाडी बढ्छ ।

राजदूत सिफारिस हुनेहरुमा नवराज सुवेदी साउदी अरवका लागि सिफारिस भएका छन् । यसैगरी डिल्लीराज पौडेल मलेसियाका लागि सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि ज्योती प्याकुरेलको नाम सिफारिस गरिएको छ । परराष्ट्र मन्त्रालयका कर्मचारीहरु नरेश विक्रम ढकाल, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तिर्थराज वाग्लेलाई पनि सरकारले राजदूतका लागि सिफारिस गरेको छ ।

यसैगरी शर्मिला पराजुली ढकाल (स्पेन), बासुदेव मिश्र (श्रीलंका), मिलन तुलाधर (रुस), कैलाश पोखरेल (अस्ट्रेलिया), शान्ता रिजाल (इजराइल), प्रा.डा. रामसुरज राय यादव (डेनमार्क), विष्णुपुकार श्रेष्ठ (चीन) र दानबहादुर तामाङ (दक्षिण अफ्रिका) का लागि राजदूत सिफारिस भएका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: