
ओमानमा पछिल्लो दुई बर्षभित्रमा तीन लाख श्रमिकले रोजगारी गुमाएको देखिएको छ । ओमानका सथनीय सञ्चार माध्यमहरुले कोभिड १९ का कारण रोजगारीमा तिव्र गिरावट आएको जनाएका हुन् ।
यसरी रोजगारी गुमाउने तीन लाख मध्ये २ लाख ९२ हजार ५ सय व्यक्ति आप्रवासी श्रमिक रहेको जनाइएको छ । ओमान टीभिका अनुसार यसले ओमानमा आर्थिक गतिविधिमा शिथिलता ल्याउने जनाइएको छ । सन् २०२१ म ५८ हजार आप्रवासी श्रमिकले पूर्ण रुपमा ओमान छोडेको ओमानको तथ्याँक सम्वन्धि काम गर्ने संस्था नेशनल सेन्टर फर सट्याटिक्स एण्ड इन्फरमेसनले जनाएको छ । सन् २०२१ अक्टोवर १ सम्ममा ओमानमा १६ लाख ३४ हजार ३ सय ५७ आप्रवासी श्रमिक रहेको सो संस्थाले जनाएको हो ।