मलेसियाले सीमानाका खोल्यो, खोप र पिसिआरको प्रकृया पुरा गर्नुपर्ने

मलेसियाले आज (अप्रिल १) देखि आफ्नो अन्तराष्ट्रिय सीमानाका खुल्ला गरेको छ । कोभिड-१९ का कारण झण्डै दुई बर्षदेखि बन्द रहेको सीमानाका खुल्ला भएसँगै रोजगारीका लागि मलेसिया जान चाहनेहरुलाई पनि अव सहज भएको छ ।

मलेसिया स्थित नेपाली दूतावासले मलेसिया आउन चाहनेहरुलाई अनिवार्य रुपमा माइसेजातारा  (MySejahtera) एपमा आफ्नो विवरण भर्न, मलेसिया आइपुग्नु दुईदिन भित्रको पिसिआर परिक्षणको नेगेटीभ रिपोर्ट साथमा बोक्न अनुरोध गरेको छ । यसैगरी कोभिड-१९ विरुद्दको तीन मात्रा खोप लगाएकाहरुले मलेसिया पुगेपछि क्वारेण्टीन बस्नु नपर्ने तर दुई मात्रा वा सो भन्दा कम खोप लगाएको भएमा ५ दिन क्वारेण्टस्न बस्नु पर्ने पनि दूतावासको भनाई छ ।

यसैबीच मलेसियाले यस बर्ष २० लाख पर्यटक आउने अपेक्षा गरेको छ । सोही अनुरुप शुक्रवार सीमानाका खुल्ला भएसँगै अवुधावीबाट २ सय २० यात्रु लिएर आएको ईत्तिहाद एयरको जहाजलाई पानीको फोहोरा सहित स्वागत गरिएको थियो । सो विमानबाट आएका यात्रुलाई मलेसियाकी पर्यटनमन्त्रीले स्वागत गरेकी थिइन् । उनले सो अवशरमा यो उत्सवको अवशर भएको बताएको मलेसियाको सरकारी सञ्चार माध्यम बर्नमाले लेखेको छ । शुक्रवार नै एकसयको हाराहारीमा जहाजहरुबाट १० हजार यात्रुले यात्रा गर्ने तालिका रहेको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: