इजरायलकै कारण आएन इजरालय जाने नेपाली श्रमिकको भिसा र सम्झौता

इजरायलमा दीर्घकालिन स्याहार केन्द्रहरुमा रोजगारीका लागि जान छानिएका नेपाली श्रमिकहरु इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको श्रम विवादका कारण इजरायल जान रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ । सोही कारण इजरायल जान छानिएका १ हजार १ सय ७५ जना मध्ये हालसम्म १ हजार ५० जनाको भिसााका लागि आवश्यक प्रकयृा भएपनि ठूलो संख्यामा श्रमिकको श्रम सम्झौता प्राप्त भएको छैन ।

विभागका अनुसार हालसम्म २ सय ९७ जनाले भिसा प्राप्त गरेका छन् र उनीहरु इजरायल प्रस्थान गरिसकेका छन् । तर बाँकी श्रमिकको सम्झौता पत्र प्राप्त भएको छैन । सो विवाद समाधानको पहल भइरहेको र विवाद समाधान भए लगत्तै भिसा तथा सम्झौता पत्र सम्वन्धी प्रकृयाहरु सुरु हुने नेपाल स्थित इजरायली दुतावासले जनाएको विभागले उल्लेख गरेको छ ।
हेर्नुहोस् विभागको विज्ञप्ती

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: