पद बाँडफाँड मिलेपछि एनआरएनएमा सहमति, झगडीयाहरु एउटै मञ्चमा

लामो खिचातानी पछि गैरआवासीय नेपाली संघ (एनरआएनए) को विवाद तत्कालका लागि मिलेको छ । ‘महाधिवेशनले निर्णय गरे अनुरुप हुने गरी’ अध्यक्षहरु राख्ने सहमतिसँगै विवाद अन्त्य भएको हो । आगामी महाधिवेशनले विधान संशोधन गर्दै एकभन्दा बढी अध्यक्ष हुन सक्ने बाटो खोल्ने गरी दुई पक्षबीच सहमति भएको हो ।

दुई पक्षबीच विवाद समाधान भएपछि संघले पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले आफू सदैव सहमतिकै पक्षमा रहेको र त्यसका लागि धेरै प्रयत्न गरेको बताए । उनले संस्थाका लागि महाधिवेशन नै सर्वोच्च निकाय भएका कारण महाधिवेशनमा नै अध्यक्षका प्रत्यासीहरुले आफ्नो प्रस्ताव राख्ने र त्यहिंबाट प्रतिनिधिहरुले निर्णय गर्ने बताए ।

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी बद्री केसीले सहमतिको बुँदा पढेर सुनाएका थिए । उनले सहमति प्रणालीबाट नेतृत्व छान्न अध्यक्षका तीनैजना प्रतिस्पर्धी सहमत भएको विज्ञप्ती पढेर सुनाएका थिए । त्यसपछि बोल्दै अर्का प्रत्यासी कुल आचार्यले त्यसमा सहमति जनाए ।
अध्यक्षकी अर्की प्रतिस्पर्धी रविना थापाले आफू सहमतिमा वाधक नबन्ने बताइन् ।

दुई पक्षबीच सहमति जुटेपछि शेष घले पक्षको छुट्टै महाधिवेशन रोक्ने र अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समय अर्थात २४ र २५ तारिकको चुनाव तथा त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गर्न दुवै पक्ष सहमत भएका छन् ।

निर्वाचन जित्ने गरी प्रतिनिधि छनौट गरेर धाँधली गरेको भन्दै कुल आचार्य समूहले सुरुमा परराष्ट मन्त्रालयमा निवेदन हालेको थियो । मन्त्रालयले हस्तक्षेप गरेर तत्काल निर्वाचन कार्यक्रम अगाडी बढाउन रोकेपछि अध्यक्ष कुमार पन्त त्यसविरुद्द अदालत गएका थिए । अदालतले निर्वाचन कार्यक्रम नरोक्न आदेश दिएको थियो । संघले निर्वाचनको मिति तोकेर प्रकृया अगाडी बढाएपछि पुन अदालतमा रिट परेको थियो । त्यसमा अल्पकालिन आदेश जारी गर्दै पाटन उच्च अदालतले आगामी चैत्र ९ गते दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएपछि पुन: निर्वाचन कार्यक्रम प्रभावित हुने देखिएको थियो । ६ महिना देखिको सो विवाद जारी रहेकै बेला दुई पक्ष सहमतिमा आइपुगेका हुन् ।

तस्वीर सौजन्य: दिपक पुडासैनी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: