एनआरएनएको चुनावी गतिविधि स्थगित गर्न अदालतको आदेश, चैत्र ९ लाई बोलाइयो छलफलमा

विवादकाबीच अगाडी बढेको गैरआवासिय नेपाली संघ (एनआरएनए) को आगामी चैत्र १० र ११ गतेका लागि तोकिएको चुनावी गतिविधि अगाडी नबढाउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सो मितिका लागि तय भएको निर्वाचन सम्वन्धी गतिविध अगाडी नबढाउन आदेश दिएको हो । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले आगामी चैत ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाउँदै सो मितिसम्म निर्वाचनका गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

विगत लामो समयदेखि विवाद चर्किरहेको संघमा सहमतिको प्रयास भएपनि समाधान हुन नसकेपछि वर्तमान अध्यक्ष कुमार पन्त नेतृत्वले आगामी चैत्र १० र ११ गते निर्वाचन गर्ने तयारी गरेको थियो । केहि पदहरुमा यस अगाडी नै निर्विरोध समेत भइसकेको छ । तर संस्थापन पक्षको सो कदम विरुद्ध गैरआवासीय नेपाली संघका सदस्य चिन्तामणि सापकोटा लगायतले उच्च अदालत पाटनमा रिट निवेदन हालेका थिए । सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।

वर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष शेष घले पक्षबीच संघमा ठूलो विवाद देखिएको छ । पन्त पक्षबाट डा. बद्री केसी तथा घले पक्षबाट अघिल्लो महाधिवेशनका अध्यक्षका प्रत्याशी कुल आचार्य चुनावी मैदानमा उभिएपनि प्रतिनिधि विवाद लगायतमा दुई पक्षबीच कुरा मिलेको छैन । संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतले विवाद समाधानको प्रयास गरेपनि त्यो सफल नभएपछि संघको विवाद अदालतमा पुगेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: