मलेसियामा न्यूनतम तलव बढाउने घोषणा, साना कम्पनीमा भनें तत्काल लागु नहुने संकेत

मलेसियामा श्रमिकको न्यूनतम ज्याला वृद्दि गर्ने त्यहाँका प्रधानमन्त्रीले घोषणा गरेका छन् । मलेसियाका प्रधानमन्त्री ईस्माइल साव्री याकोवले आगामी मे १ तारिख देखि न्यूनतम ज्याला मासिक १ हजार ५ सय रिंगिट बनाउने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री साब्रीले सुरुमा ठूला कम्पनीहरु तथा सरकारी निकायसँग आवद्द कम्पनीहरुमा न्यूनतम ज्याला बृद्दि लागु हुने जनाएका हुन् । साना, थोरै श्रमिक काम गर्ने तथा न्यून आम्दानी भएका कम्पनीहरुमा भनें मानव संशाधन मन्त्रीले अन्य मन्त्रीहरुसँग छलफल गरेर त्यस्ता कम्पनीहरुमा कहिले देखि न्यूनतम ज्याला बृद्दि लागु गर्ने भन्ने तय हुने जनाइएको छ । मलेसियामा सन् २०२० को फेब्रुअरी १ देखि न्यूनतम ज्याला १ हजार २ सय लागु गरेको छ ।

यसैबीच मलेसियाको यूनियन नेटवर्क ईन्टरनेशनल मलेसिया लेवर सेन्टर ( युनि एमएलसी) ले बृद्दि गरिने न्यूनतम ज्याला तत्काल राजपत्रमा प्रकाशित गर्न माग गरेको छ । राजपत्रमा प्रकाशित नगरेसम्म न्यूनतम ज्याला बृद्दि केवल घोषणामा मात्र सिमित भई कार्यान्वयन नजाने भएका कारण युनि एमएलसीले अविलम्व त्यसलाई राजपत्रमा प्रकाशित गर्न माग गरेको हो । युनि एमएलसीले विगतमा पनि यसरी गरिएका घोषणा समयमै कार्यान्वयन नभएको दृष्टान्त प्रस्तुत गर्दै यसलाई केवल घोषणामा मात्र सिमित नगर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री साब्रीको घोषणा पछि मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले न्यूनतम ज्याला १ हजार ५ सय कार्यान्वयन सम्वन्धमा विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने बताएको मलेसियाको सरकारी सञ्चार माध्यम बर्नमाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: