मेनपावर कम्पनीले ईजाजत रद्दका लागि दियो निवेदन, कसैले पैसा लिनु पर्ने भएमा सम्पर्क गर्न विभागको आग्रह

वैदेशिक रोजगारमा नेपाली श्रमिक पठाउने काम गर्ने ईजाजत लिएको भवानी ईन्टरनेशनल ओभरसिजले आफ्नो इजाजत पत्र रद्दका लागि वैदेशिक रोजगार विभागमा निवेदन दिएको छ । सो मेनपावर कम्पनीले आफ्नो इजाजत पत्र रद्द गरी धरौटी वापतको रकम फिर्ता गर्न तथा बैंक ग्यारेण्टी फुकुवा गरी पाउँ भनी निवेदन दिएको हो ।

सो मेनपावर कम्पनीले इजाजत पत्र रद्दका लागि निवेदन दिएपछि विभागले सो विषयमा कसैको हक स्वामित्वा भएमा वा लेनदेनमा असर पर्ने भएमा वा कसैलाई मर्का पर्ने भएमा विभागमा सम्पर्क गर्न सूचित गरेको छ । त्यसका लागि चैत्र मसान्त भित्रमा विभागमा सम्पर्क राख्नु पर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: