एनआरएनएमा विवाद चर्किदै, उपाध्यक्षलाई कारवाहीको चेतावनी

दुई पक्ष बीचको चरम विवादमा फसेको गैरआवासिय नेपाली संघ (एनआरएनए) मा विवाद बढ्दै गएको छ । समानान्तर रुपमा महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेका दुई पक्षबीच एक अर्कालाई कारवाही गर्नेसम्मका तयारी सुरु भएका छन् ।

वर्तमान अध्यक्ष कुमार पन्त नेतृत्वले १० औं महाधिवेशनको प्रकृया सुरु गरिसक्दा पूर्व अध्यक्ष शेष घले नेतृत्वको समूहले समानान्तर रुपमा महाधिवेशन गर्ने भन्दै सुचना जारी गरेपछि विवाद बढेको हो । संघका उपाध्यक्ष सोनाम लामाले घलेलाई साथ दिंदै समानान्तर सम्मेलन गरिएको भन्दै सुचना निकालेको र सो कार्य संघको विधान विपरित भएको भन्दै पन्त पक्षले उनलाई कारवाहीको चेतावनी दिएको हो ।

संघका प्रवक्ता डीवि क्षेत्रीले विज्ञप्ती जारी गर्दै त्यस्ता गतिविधि नगर्न लामालाई सचेत गराइएको र उनले संघको लेटरप्याड, लोगो लगायतका संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न चेतावनी दिएका छन् । यदि संस्थालाई अहित हुने कुनै पनि गतिविधिमा संलग्न भएमा संघको विधान बमोजिम कारवाहीको प्रकृया अगाडी बढाइने उनले जनाएका छन् ।

संघको वर्तमान नेतृत्वले आगामी मार्च २४ र २५ मा निर्वाचन गर्दैछ । सो निर्वाचनमा उत्साहपूर्ण सहभागिताको लागि क्षेत्रीले अनुरोध गरेका छन् । संघमा राजनीतिक विवाद चर्किएपछि दुई खेमा संस्था विभाजन गर्ने तहसम्म उत्रिईसकेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: