कोरिया पठाइदिने नाममा ठगि गरेको आरोपमा पक्राउ

रोजगारीका लागि दक्षिण कोरिया पठाइदिने नाममा ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । वेल्डिङको तालिम गराई दक्षिण कोरियामा रोजगारीका लागि पठाइदिने नाममा ठगेको अभियोगमा ति व्यक्ति पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति दक्षिण कोरियाली नागरिक रे सि जङ हुन् । चावहिलमा बस्दै आएका ७३ वर्षीय ति व्यक्ति महाँकालबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनले चावहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै ठगी गरेको प्रहरीको भनाइ छ । उनले रकम उठाएको र दक्षिण कोरिया पठाउन नसकेको पीडितहरुको उजुरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: