कोरियाली भाषा परिक्षाको आवेदन खुल्यो

कोरियाली भाषा परीक्षाको लागि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुका लागि कोरियाली भाषा परिक्षा हुने गर्दछ । ईपिएस कोरिया शाखाले एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन मागेको छ ।

आवेदक १८ बर्ष पुरा भई ३९ बर्ष ननाघेको हुनु पर्नेछ । यसैगरी फौजदारी अभियोगमा कसुर नठहरिएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, यस अगाडी दक्षिण कोरियामा गई गैरकानुनी काममा संलग्न भई वा गैरकानुनी रुपमा बसेर सो मुलुकबाट फिर्ता नपठाइएको हुनु पर्नेछ ।

दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजार ९१३ उत्पादनमूलक र दुई हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ । कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ ।

भाषा परीक्षामा सहभागी हुन चाहनेहरुले आउँदो चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्नेछन् । परीक्षामा सहभागी हुनेहरुको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क २४ अमेरिकी डलर बरावर लाग्नेछ ।

आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ सम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुनेछ ।

कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुने जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय