भिजिट भिसाको शर्त संविधान र अन्तराष्ट्रिय सन्धि विपरित: सञ्जाल

गृह मन्त्रालयले गठन गरेको कार्यदलले भिजिट भिसाका सम्वन्धमा गरेको सिफारिस संविधान र अन्तराष्ट्रिय सन्धि विपरित रहेको भन्दै तत्काल त्यसका आधारमा कुनै कदम नचाल्न सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले माग गरेको छ । सञ्जालले एक विज्ञप्ती जारी गर्दै सो सिफारिसले मानिसको स्वतन्त्र रुपमा घुमफिर गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने जनाएको हो ।

सञ्जालका महासचिव कृष्ण प्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तीमा भनिएको छ,: सो सिफारिसहरू नेपालको संविधान तथा नेपालले अनुमोदन गरेका अन्तराष्ट्रिय सन्धि सम्झौता समेतको विपरित देखिएकाले ति सिफारिसका आधारमा हाललाई कुनै कदम नचाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।

अध्ययन कार्यदलले भिजिट भिषा र सोबाट सिर्जित समस्या समाधानका लागि गरेको अध्ययन प्रतिवेदनको सुझावमा मानिसको घुमफिर गर्न पाउने, एक देशबाट अर्को देशमा जान पाउने, रोजगार खोजी काम गर्न पाउने अधिकारलाई कुण्ठीत गर्ने सञ्जालको ठहर छ ।

गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रालयका सह–सचिवको नेतृत्वमा माघ १० गते गठन गरेको कार्यदलले शैक्षिक, लैंगिक, आर्थिक लगायतका प्रावधानहरु राखेर तिनिहरुको आधारमा मात्र भिजिट भिसामा विदेश जान पाउने व्यवस्था गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनु पर्छ भन्नेमा सञ्जालको पनि चासो रहेको भन्दै त्यसका लागि सिर्जनात्मक वकालत समेत गर्दै आएको स्मरण गराएको छ ।

भिजिट भिषाको नाममा गैरकानुनी काममा संलग्नहरुलाई कारवाही गर्ने र सरकारी संयन्त्रहरुलाई मजबुद गरी अनुगमन र नियमनलाई प्रभावकारी बनाउदै समस्या समाधानको पहल गर्न पनि सञ्जालले माग गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: