वैदेशिक रोजगारीमा जानेहरुले अव तीनवटै गेटबाट प्रवेश पाउने, विमानस्थलको श्रम डेस्क हट्यो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । यो सँगै वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृती स्टीकर परिक्षणका लागि धेरै समय लाइन बस्नु पर्ने बाध्यता हटेको छ ।

श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् । मन्त्री श्रेष्ठ सहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तराष्ट्रिय विमानस्थलमा गई श्रम डेस्क हटाए ।

विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अव जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन ३ वटै द्धारबाट प्रवेश पाउने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन् ।

अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठले बताए । वैदेशिक रोजगारमा जाने श्रमिकहरूको अन्य समस्याहरुलाई पनि समाधान गर्दै जाने प्रतिवद्धता मन्त्री श्रेष्ठले सो अवशरमा जनाए । विमानस्थलमा राखिएको कोरोना भाइरसको पिसिआर परीक्षण चेकजाँच गर्ने प्रकृया हटाउन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई मन्त्री श्रेष्ठले आग्रह गरे ।

बिमानस्थलमा वैदेशिक रोजगार विभागले सुचना केन्द्र स्थापना गर्ने जानकारी मन्त्रायले दिएको छ । सो केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ ।

श्रम स्वीकृती सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको थियो । तर वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले सोही श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दु:ख दिएको गुनासो केहि बर्षयता थियो । हाल अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औचित्य सकिएपनि डेस्क कायमै थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: