साउदीमा भौतिक दूरीको नियम हट्यो, खुल्ला ठाउँमा मास्क लगाउनु नपर्ने

साउदी अरबले मार्च ५ देखि लागु हुनेगरी कोभिड १९ सम्वन्धि कतिपय नियमहरुमा परिमार्जन गरेको छ । साउदी अरबमा अवदेखि सभा, सम्मेलन, भेला जस्ता कार्यक्रमहरुमा उपस्थित हुँदा, एक अर्कालाई भेट्दा वा सेवा लिनको लागि लाइनमा रहँदा भौतिक दूरी काम गर्नुपर्ने छैन ।

यसैगरी खुल्ला ठाउँमा रहँदा फेस मास्क लगाउनु पर्ने व्यवस्था हटेको छ । तर अस्पताल, सरकारी कार्यालय, डिपार्टमेण्टन्ल स्टोर, सपिङ मल, अन्य पसल, जिमखाना जस्ता बन्द स्थलहरुमा जाँदा भनें अनिवार्य रुपमा फेस मास्क प्रयोग गर्नुपर्नेछ ।

अस्पताल, सरकारी कार्यालय, सपिङ मल तथा पसल जस्ता सार्वजनिक स्थलहरुमा प्रवेश गर्ने हरेकले Tawakkalna एप अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ । यसैगरी अवदेखि साउदी अरब प्रवेश गर्न लागि पिसिआर रिपोर्ट आवश्यक पर्नेछैन । साउदी प्रवेश गर्ने कसैले पनि संस्थागत वा होम क्वारेण्टनमा बस्ने नपर्ने व्यवस्था साउदी सरकारले गरेको छ । भिजिट भिसामा आउनेहरुले कोरोना संक्रमण खचै कभर गर्ने किसिमको स्वास्थ्य बीमा गरेको हुनुपर्ने व्यवस्था रहेको साउदी अरब स्थित नेपाली दूतावासले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: