मलेसियामा नेपाली श्रमिकको सुरक्षा गर्ने विषयमा दुई देशका यूनियनहरु बीच सहमति

मलेसियामा काष्ठ तथा निर्माण क्षेत्रमा काम गर्ने नेपाली श्रमिकको सुरक्षा गर्ने विषयमा नेपाल र मलेसियाका दुई ट्रेड यूनियनहरुले सहमति गरेका छन् । नेपालको निर्माण क्षेत्रको यूनियन नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन (क्यूपेक नेपाल) र मलेसियाको टिम्वर ईम्प्ल्योईज यूनियन अफ पेनन्सुलार मलेसिया बीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

दुई यूनियनहरुले मलेसियामा काष्ठ तथा निर्माण क्षेत्रमा काम गर्ने नेपाली श्रमिकको अधिकार रक्षा गर्ने सहमति गरेका छन् । रोजगारदाताहरुले श्रमिकमाथि गर्ने शोषण रोक्न दुवै यूनियनहरु प्रतिवद्द र प्रयासरत रहने छन् । दुवै यूनियनहरुले अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को आप्रवासी श्रमिकको सुरक्षा र उनीहरुको आधारभूत अधिकार प्रवद्र्दन तथा बाध्यकारी श्रम अन्त्य गर्न पहल तथा प्रयास गर्नेछन् ।

दुवै यूनियनहरुले सहमतिपत्रमा हस्ताक्षर गरेको तीन महिना भित्रमा एउटा संयुक्त कार्यदल बनाउन सहमति गरेका छन् । सो संयुक्त कार्यदलले छलफल गरी समझदारी पत्र तयार पार्नेछ । सहमति पत्रमा क्यूपेक नेपालकी नवनिर्वाचित अध्यक्ष शान्ता बस्नत तथा टिम्वर यूनियनका अध्यक्ष हाफिजेलले हस्ताक्षर गरेका छन् ।

मलेसियामा दुई लाख भन्दा बढी नेपाली कार्यरत रहेको अनुमान गरिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: