खाडी मुलुकहरुमा पिसिआरको रिपोर्ट र क्वारेण्टीनमा खुकुलो व्यवस्था

खाडीका केहि मुलुकहरुले अनिवार्य पिसिआर रिपोर्ट र क्वारेण्टीनको प्रावधानलाई खुकुलो बनाउँदै लगेका छन् । कोभिड १९ को संक्रमण न्यून हुँदै गएपछि तथा विश्वव्यापी रुपमा खोप लगाउनेहरुको संख्यामा वृद्दि भएसँगै यस्तो व्यवस्था हुन थालेको हो ।

साउदी अरवले साउदी प्रवेश गर्नेहरुलाई पिसिआर परिक्षण तथा क्वारेण्टीन बस्नु पर्ने व्यवस्था हटाएको छ । मार्च ५ देखि लागु हुनेगरी साउदी अरवले सो व्यवस्था हटाएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । समाचारमा जनाइए अनुसार पिसिआर परिक्षणको नेगेटीभ रिपोर्ट र क्वारेण्टीनको व्यवस्थालाई साउदी अरवले हटाएको हो ।

यसैगरी युएईले पनि केहि व्यवस्थालाई खुकुलो बनाएको छ । सो मुलुकले खोपको पूर्ण मात्रा लगाएका यात्रुलाई पिसिआर परिक्षणको रिपोर्ट नचाहिने व्यवस्था गरेको छ । तर युएईको यात्रा गर्न चाहनेहरुले विश्व स्वास्थ्य संगठन वा युएईले अनुमति दिएको खोप लगाएको हुनु पर्दछ । खोप नलगाएकाहरुले भनें ४८ घण्टा भित्र गरिएको पिसिआर परिक्षणको नेगेटीभ रिपोर्ट साथमा बोक्नु पर्दछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: