एनआरएनएमा सदस्यता शुल्क तिर्न समयसीमा तोकियो, उच्चस्तरीय समिति खारेज

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क तिर्न अल्टिमेटम दिएको छ । सो समयावधि भित्र पनि सदस्यता शुल्क नतिरे ति मुलुकको शाखाको मान्यता विधान अनुसार स्वत: समाप्त हुने चेतावनी अन्तर्राष्ट्रिय समन्वय परिषदले दिएको हो ।

अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले यदि ति शाखाहरुले समय भित्रै शुल्क नतिरेमा नयाँ एनसीसीको निर्वाचन गर्नको लागि तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । एनआरएनएका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्ने संघका प्रवक्ता डीवी क्षेत्रीले जानकारी दिएका छन् ।

यसैगरी महाधिवेशन प्रतिनिधिको निकासको सुझाव दिन गठित उच्चस्तरीय समितिको म्याद पनि सकिएको छ । ३ मार्च साँझ ५ बजेसम्म (मतदाताको अन्तिम नामावाली प्रकाशन गर्नु पुर्व) सर्वसम्मत वा लोकतान्त्रिक पद्धति अनुसार प्रतिनिधिबारे सुझाव पेश गर्ने अन्तिम अवसर दिने भनिएपनि सो समयावधि भित्र सो समितिले नामावली प्रकाशन गर्न नसकेपछि त्यसको म्याद सकिएको हो । बैठकले मार्च ३ तारिखपछि उच्चस्तरीय समिति स्वत: भंग हुने निर्णय बैठकले गरेको थियो । यो अवस्थामा आइसीसीको तर्फबाट अध्यक्ष कुमार पन्तले निर्वाचन समितिलाई पेश गरेको प्रतिनिधिहरुबाट निर्वाचन अगाडि बढाइने प्रवक्ता क्षेत्रीले जनाएका छन् ।

बैठकले निर्वाचन अनुगमन गर्न एक समिति गठन गर्ने, हालको संरक्षक परिषद्लाई सोही बैठक देखि लागू हुने गरी सधन्यवाद विघटन गर्ने निर्णय पनि गरिएको छ । यसैगरी पूर्वनिर्धारित मार्च २१ र २२ तारिखमा हुने निर्वाचन र मार्च २६ र २७ तारिखमा काठमाडौँमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न एनआरएनए, अन्तर्राष्ट्रिय समन्वय परिषदले सबै पक्षलाई अनुरोध गरेको छ ।

एनआरएनएमा विगत केहि महिनायता चर्को विवाद छ । पूर्व अध्यक्ष शेष घले, वर्तमान अध्यक्ष कुमार पन्त तथा आगामी अध्यक्षका प्रतिस्पर्धीहरु बीच असहमति भएका कारण संघको निर्वाचन नै अन्यौलमा पर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: