विदेशमा हुनेले विद्युतीय राहदानीका लागि कसरी दिने आवेदन ?

रोजगारीका क्रममा विदेश रहेकाहरुले आफू कार्यरत मुलुकबाट विद्युतीय राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था सरकारले गरेको छ । प्रारम्भीक चरण भएका कारण दूतावासहरुले केहि समयका लागि सिमित मात्रामा बुकिङ खुल्ला गरेका छन् । दूतावासहरुले राहदानीको बहाल अवधि समाप्त भएका वा ६ महिना भन्दा कम अवधि रहेकाहरुलाई मात्र प्रिईनरोलमेन्ट गरी समय लिएर मात्र लाइभ ईनरोलमेण्टका लागि राजदूतावासमा आउन अनुरोध गरेका छन् ।

कसरी दिने आवेदन ?
सुरुमा प्रि इनरोलमेण्टका लागि https://emrtds.nepalpassport.gov.np मा जानु पर्नेछ । त्यसपछि रोजगारीका क्रममा विदेशमा रहेकाहरुले म्याद सकिएको राहदानी नविकरणका लागि नवीकरण (Renewal ) मा क्लीक गर्नुपर्दछ । त्यसपछि Ordinary 34 pages अप्सनमा क्लिक गर्नु पर्दछ ।

यसपछि जनसाँख्यीक जानकारी, नागरिकता सम्वन्धी जानकारी, आवेदकको सम्पर्क विवरण, जरुरी परेमा सम्पर्क गर्ने विवरण तथा हालको राहदानी सम्वन्धी जानकारी उप-शिर्षकका विवरणहरु भर्नु पर्दछ ।

File attachment अन्तर्गत  मा नागरिकता प्रमाणपत्रको दुवै पृष्ठ (पेज), हालको राहदानीको सुरुको पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र पछिल्लो पेज (पेज नं ३१) छुट्टा छुट्टै रुपमा अपलोड गर्नुपर्दछ । यी कागजात .jpeg फर्म्याटमा अपलोड गर्नु पर्दछ । यी कागजातहरु दूतावासमा जाँदा साथै लिएर पनि जानु पर्ने राजदूतावासहरुले निकालेको सुचनामा जनाइएको छ ।

यति विवरणहरु तथा कागजात अपलोड गरिसकेपछि Book your Appointment मा प्रवेश गरेर Other अप्सनमा क्लीक गरी आफूले राहदानी बनाउने मुलुकको दूतावास रहेको शहरको नाम छान्नु पर्दछ । उदाहरणका लागि तपाई साउदी अरवमा हुनुहुन्छ र विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ भनें NE, Riyadh अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलव्ध हुने समय बुकिंग गर्नु पर्दछ ।

त्यसपछि फारमको अन्तिममा हुने Submit मा क्लीक गरेपछि आफूलाई प्राप्त हुने बारकोड सहितको फारम डाउनलोड गरी प्रिन्ट गर्नुपर्दछ । राजदूतावासमा आवेदनका लागि जाँदा सो फारम लिएर जानु पर्दछ । आफू राजदूतावासमा जाँदा आफ्नो महानगरपालिका, नगरपालिका वा गाउँपालिकाको नाम र वडा नम्वर तथा बाबु, आमा र विवाहितहरुले श्रीमान् वा श्रीमतीको नाम र र सम्पर्क नम्वर पनि लिएर जानु पर्दछ ।

थप जानकारी चाहिएमा राहदानी विभागको वेभसाइट https://emrtds.nepalpassport.gov.np बाट हेर्न सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: