कतारको रातो सूचिमा नेपाल, खोपको पूर्ण मात्रा लगाएकाहरुले सुविधा पाउने

कतारले कोभिड १९ का सन्दर्भमा पछिल्लो सूचि जारी गरेको छ । सो सूचिमा नेपाल रातो सूचिमा परेको छ । कतारले आज देखि लागु हुनेगरी जारी गरेको सूचीमा नेपालसँगै बंगलादेश, ईजिप्ट, जर्जिया, भारत, जोर्डन, पाकिस्तान, फिलिपिन्स र श्रीलंका रातो सूचिमा परेका छन् ।

कतारले सवै मुलुकबाट आउने नागरिकहरु जसले कोभिड १९ विरुद्दको खोप लगाएका छन् वा पछिल्लो ६ महिना भित्र कोभिड लागेर संक्रमण मुक्त भएका छन्, उनीहरुले होटल क्वारेण्टिन बस्नु पर्ने व्यवस्था खारेज गरेको छ । यसैगरी उनीहरुले पिसिआर रिपोर्ट पनि प्रस्तुत गर्नुपर्ने छैन । त्यसरी आउनेहरुको कतार आएको २४ घण्टा भित्रमा एण्टिजेन टेष्ट हुनेछ ।

तर खोप नलगाएका तथा पछिल्लो ६ महिना भित्रमा कोभिड लागेर संक्रमण मुक्त नभएको अवस्थामा भनें अनिवार्य रुपमा ५ दिन होटलमा क्वारेण्टिन बस्नु पर्नेछ । उनीहरुले कतारको यात्रा गर्दा पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआर परीक्षणको नेगेटीभ रिपोर्ट प्रस्तुत गर्नु पर्दछ । होटलमा क्वारेण्टीन बसेको ५ दिन पछि एण्टिजेन टेष्ट गरेर नेगेटीभ आएपछि मात्र उनीहरुले क्वारेण्टिन छोड्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: