बेरोजगारका लागि सरकारले खोल्यो आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तयार पारिने सूचीमा सूचीकृत हुन सरकारले बेरोजगार व्यक्तिहरुका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार सूचना जारी गर्दै आवेदन खुल्ला गरेको
हो ।

सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९ ८० का लागि आवेदन दिन भनिएको छ । रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा आवेदन दिनुपर्नेछ ।

आवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ । आवेदन दिनका लागि १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: