सुरु भयो मलेसियाको मागपत्र प्रमाणिकरण

झण्डै दुई वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारीको लागि मागपत्र प्रमाणीकरण सुरु भएको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले गत जनवरी २८ तारिखदेखि विदेशी श्रमिकको भर्ना प्रक्रिया सुरु गरेपछि क्वालालम्पुर स्थित नेपाली दूतावासले श्रमिकको माग प्रमाणीकरण सुरु गरेको हो । सन् २०२० को मार्च देखि मलेसियाले आवागमन नियन्त्रण आदेश जारी गरेपछि दूतावासले नयाँ मागपत्र प्रमाणिकरणको काम रोकेको थियो ।

मलेसिया स्थित नेपाली राजदुतावासले शुक्रबार एक सूचना जारी गर्दै नयाँ मागपत्र प्रमाणीकरणको काम सुरु भएको जनाएको हो । दुतावासका अनुसार नयाँ मागपत्र प्रमाणीकरणको लागि मंगलबार, बुधबार र बिहिबार पेश गर्न सकिनेछ ।

दुतावासले मागपत्र प्रमाणीकरणको लागि आवश्यक कागजातहरु पेश गर्नुभन्दा पहिले दुतावासको वेवपेजमा उपलब्ध अनलाइन फारम भर्ने र पेश गर्ने समय लिन अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: