नेपाल बाहेक अन्य मुलुकबाट पनि सुरक्षा गार्ड ल्याउन रोजगारदाताको दवाव

मलेसियामा सुरक्षा गार्डहरु रोजगारीमा पठाउने संस्थाहरुको छाता संस्था सेक्यूरिटी ईण्डष्ट्री एशोसिएसन अफ मलेसिया (पिआइकेएम) ले नेपाल बाहेक अन्य मुलुकबाट पनि सुरक्षा गार्ड ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । हाल मलेसियाले विदेशबाट सुरक्षा गार्डका रुपमा नेपालीलाई मात्र लिने गरेको छ ।

पिआईकेएमका अध्यक्ष रमाली युसुफले मलेसियामा सुरक्षा गार्डको अभाव चर्र्किएका कारण नेपाल बाहेक अन्य मुलुकबाट पनि सुरक्षा गार्डका रुपमा काम गर्ने श्रमिक ल्याउने व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । मलेसियाका सञ्चार माध्यमहरुका अनुसार उनले मलेसियामा सुरक्षा गार्डको ठूलो माग रहेको तर सो अनुरुपमा श्रमिक आपूर्तिमा कठिनाई परिरहेका बताएका छन् । उनले स्थानीय नागरिकले सुरक्षा गार्डको काममा रुचि नदेखाउने गरेका कारण विदेशी श्रमिक अत्यावश्यक रहेको बताए ।

पिआईकेएमका अध्यक्ष रमालीले नेपाल बाहेक अन्य मुलुकबाट पनि सुरक्षा गार्ड ल्याउने व्यवस्था गरे्मा त्यसले स्वस्थ प्रतिस्पर्धा हुने र दक्ष सुरक्षा गार्ड उपलव्ध हुने पनि धारणा राखेका छन् ।

सन् २०२१ को नोभेम्वरमा मलेसियाको गृह मन्त्रालयले बंगलादेश, फिलिपिन्स तथा ईण्डोनेशियाबाट पनि सुरक्षा गार्ड लिन प्रस्ताव गरेको थियो । यस विषयमा विभिन्न मन्त्रालयहरुबीच छलफल जारी रहेको गृहमन्त्री जाइनुद्दिनले बताएका थिए । मलेसियामा हाल ३० हजार नेपाली सुरक्षा गार्डको कोटा रहेकोमा १५ देखि २० हजार मात्र कार्यरत रहेको र रोजगारी सकेर स्वदेश फर्केकाहरु पुन: मलेसिया नआएको पिआईकेएमले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: