युएईमा आँशिक समयको रोजगारी: नयाँ कानुनमा यस्तो छ व्यवस्था

संयुक्त अरव ईमिरेट्स (युएई) को गत फेब्रुअरी २ देखि लागु भएको नयाँ श्रम कानुनले आँशिक समय (पार्ट टाइम जव) को सुविधा दिएको छ । यसले युएईको श्रम बजारमा श्रमिक तथा रोजगारदाता दुवैका लागि बढी अवशर उपलव्ध हुने अनुमान गरिएको छ ।

द नेशनलका अनुसार आँशिक समय रोजगारीमा लगाउन पाइने व्यवस्थाले रोजगारदाताहरुले बढी सहजता प्राप्त गर्नेछन् भनें श्रमिकले पनि अतिरिक्त कमाईको अवशर पाउने छन् । यसरी अतिरिक्त काम गर्दा पनि सातामा ४८ घण्टा भन्दा बढी भनें रोजगारीमा लगाउन तथा गर्न पाइने छैन । अतिरिक्त कम गर्न चाहनेले आफूले रोजगारी गरिरहेको रोजगारदातासँग लिखित अनुमति लिएको हुनु पर्दछ । यसैगरी श्रम मन्त्रालयबाट पनि अनुमति लिनु पर्दछ ।

आप्रवासी श्रमिकले कुनै रोजगारदातासँग पूर्ण समय काम नगरी पनि आँशिक समय काम गर्ने सुविधा नयाँ कानुनमा दिइएको द नेशनलले जनाएको छ । यस्तो अवस्थामा त्यस्ता आप्रवासी श्रमिकले व्यवसायीक अनुमति (विजनेश पर्मिट) लिएको हुनु पर्दछ । यसैगरी रोजगारदाताले आफ्नो आवश्यकता अनुसार विदेशबाट सिधै काम गर्ने गरी पनि विशेष कामका लागि श्रमिकलाई आँशिक समय काममा लगाउन सक्दछन् । यस्तो रोजगारी तोकिएको काम सकिएसँगै अन्त्य हुन्छ ।

युएई सरकारको नयाँ व्यवस्थासँगै कतिपय कम्पनीले विशेषगरी सप्ताहन्त (विदाको समय) मा काम गर्नेगरी आँशिक समय काम गर्ने श्रमिकको माग सहितको विज्ञापन गर्न थालेका छन् । यसैगरी साँझको समयमा काम गर्नेगरी पनि श्रमिकको माग हुन थालेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: