रोजगारीका लागि तीन महिनामा झण्डै दुई लाख नेपालीले लिए श्रम स्वीकृति, मुख्य तीन गन्तव्य पुरानै मुलुक

पछिल्लो तीन महिनामा नेपालबाट १ लाख ९५ हजार ८ सय ९७ जना नेपाली रोजगारीका लागि विदेशिएका छन् । त्यसमध्ये १ लाख ५ सय ८ जना वैदेशिक रोजगारमा गएका नयाँ हुन् भनें बाँकी पुन: श्रम स्वीकृति लिएर गएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत कात्तिक देखि पुष मसान्तसम्ममा सवैभन्दा धेरै नेपाली साउदी अरवमा रोजगारीका लागि गएका छन् । तीन महिनामा सो मुलुकमा ६७ हजार १ सय १९ जना नेपाली रोजगारीका लागि गएका हुन् । यसैगरी दोश्रो मुख्य गन्तव्य कतार देखिएको छ । पछिल्लो तीन महिनामा कतारमा रोजगारीका लागि ६१ हजार २ सय ३९ जना गएका छन् । तेश्रो मुख्य गन्तव्य मुलुकमा संयुक्त अरव ईमिरेट्स रहेको छ जहाँ ४३ हजार ९ सय ११ जना रोजगारीका लागि पुगेका छन् ।

कोभिड-१९ को महामारीका कारण केहि समय मध्यपूर्वमा अनिश्चित देखिएको रोजगारी नेपालीका लागि भनें पछिल्लो समयमा खास घटेको छैन । मलेसियामा कोभिडका कारण झण्डै दुई बर्षयता विदेशी श्रमिक नलिइरको अवस्थामा मध्यपूर्वको श्रम बजारमा रहेको श्रमिकको मागका कारण ठूलो संख्यामा नेपाली श्रमिक त्यता तर्फ गइरहेका छन् । पछिल्लो समयमा मलेसियाले पनि अधिकाँश क्षेत्रमा विदेशी श्रमिक लिने नीति अगाडी सारेको छ । यसले नेपाली श्रमिकका लागि अर्को महत्वपुर्ण श्रम बजार खुल्ला हुन लागेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय