भन्सार छलेर सुन, मोवाइल र ल्यापटप ल्याएको अभियोगमा चारजना पक्राउ

भन्सार छलेर ल्याएको सुन, मोबाइल तथा ल्यापटपसहित चारजनालाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका ८ का ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मानसिंह विश्‍वकर्मा, झापा शिवसताक्षी नगरपालिका ९ का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका १९ का ३२ वर्षीय गोकुल डल्लाकोटी छन् ।

पक्राउ परेकाहरुले जजिरा एयरको फ्लाइटमार्फत दुबईबाट कुवेत हुँदै काठमाडौं आउने क्रममा ५८ ५८ ग्राम बराबरको सुनको सिक्री, तीन तीन थान मोबाइल र एक एक थान ल्यापटपसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त सामानहरू भन्सार छली ल्याउन गोकुल भन्ने व्यक्तिले लगाएको भनी खुल्न आएपछि उक्त सामान लिन आएका गोकुल डल्लाकोटी सहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानहरूसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: