ठगी आरोपमा पक्राउ परे म्यानपावर कम्पनी सञ्चालक, सञ्जालद्दारा दोषि उपर कडा कारवाही गर्न माग

काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले बिहिबार गुरुङलाई पक्राउ गरेको हो । युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो । हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका सञ्चारकर्मीहरुमाथि पनि आक्रमण भएको थियो । पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको छ ।

यसैबीच सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालले एक विज्ञप्ती प्काशित गर्दै ट्रिपल स्टार ईम्पलोईमेन्ट प्रा.लि.ले वैदेशिक रोजगारको लागि केही युवाहरूलाई भिजिट भिषामा पठाई अलपत्र पारेको विषयलाई लिई पीडितले केही यूटयुबर र अभियन्ताहरूलाई साथमा लिई सो कम्पनीमा जाँदा उक्त म्यानपावर कम्पनीका सञ्चालकसमेतको संलग्नतामा निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । व्यावसायिक रुपमा सरकारले तोकेको भन्दा बढी सेवा शुल्क लिने, गैरकानूनी रुपमा भिजिट भिषामा पठाउने लगायतका विषयहरू बाहिर आइरहेको सन्दर्भमा त्यस विषयमा सूचना लिन सम्बन्धित कम्पनीमा जानुलाई अस्वाभाविक मान्न नसकिने सञ्जालले जनाएको छ ।

सञ्जालका महासचिव कृष्ण प्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तीमा भनिएको छ, आफ्नो गल्ती नहुदाँ पनि कसैले दवाब दिन खोज्दैछ भने कानून बमोजिम प्रशासनलाई खबर गरी समस्या समाधान गर्न सक्ने विकल्प हुँदाहुँदै निर्घात कुटपिटमा उत्रनुले कानूनको उपहास त गरेको छ नै वैदेशिक रोजगारका क्रममा पीडित भई आउनेहरूलाई गुनासो नगर्नका लागि तर्साउने कार्य समेत भएको यस सञ्जालको ठहर छ ।

नेपालको कानूनले कसैले कसैलाई कुटपिट गर्न पूर्णरुपमा निषेध गरेको भन्दै कुटपिट गरेमा मुलुकी फौजदारी अपराध संहिताको २०७४ को दफा १९१ बमोजिम ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको र पीडितलाई क्षतिपूर्ति व्यहोर्नु पर्ने व्यवस्था रहेको सञ्जालले जनाएको छ । यो निन्दनीय घटनाप्रति घोर भर्त्सना गर्दै घटनामा संलग्न दोषीहरू उपर कानूनी कारवाही गर्न र घाइतेहरुको नि:शुल्क उपचार गर्न सरकारसँग सञ्जालले माग गरेको छ ।

यसैगरी भिजिट भिषामा उक्त कम्पनीबाट युएईमा पठाईएका र अलपत्र अवस्थामा रहेका भनिएका युवाहरूको सत्यतथ्य बुझी तत्काल उद्धार गरी कानून भन्दा बाहिर गएर श्रम स्वीकृति नलिई पठाउने कम्पनीलाई वैदेशिक रोजगार ऐन बमोजिम कडा कारवाही गर्न पनि सञ्जालले जोडदार माग गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: