श्रीमति वैदेशिक रोजगारमा, श्रीमान अर्कै विहे गर्दै

श्रीमानले वैदेशिक रोजगारमा गएर दु:ख गरेर कमाएको रकम लिएर श्रीमतिले अर्कैसँग विवाह गरेको समाचार थुप्रै सुनिन्छ । तर पूर्वी नेपालको एउटा जिल्लाको तथ्याङ्कले भनें अर्कै देखाएको छ । पूर्वी नेपालको ईलाम नगरपालिकामा गरिएको एक् अध्ययनले विवाह गरी रोजगारीमा गएका पुरुषका श्रीमतिले भन्दा विवाह गरी रोजागरीका लागि विदेशिएका महिलाका श्रीमानले अर्को विवाह गर्ने क्रम बढी देखाएको हो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) ले गरेको अध्ययनअनुसार ईलाम नगरपालिकाका विवाह गरी विदेश गएका १ सय ३६ महिलामध्ये २६ जनाका श्रीमानले अर्को विवाह गरेको देखिएको हो । यो कुल संख्याको १९ दशमलव ११ प्रतिशत हुन आउँछ । अर्कातर्फ विदेश गएका ८ सय ७९ विवाहित पुरुषमध्ये २२ जनाका श्रीमतिले अर्को विवाह गरेको देखाएको छ । यो २ दशमलव ५ प्रतिशत हुन आउँछ । विभिन्न अध्ययनले समाजमा वास्तविकताभन्दा फरक प्रकृतिको हल्ला हुँदा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमती समस्या पर्ने गरेको सामी ईलामका कार्यक्रम संयोजक ईश्वरी तामाङले जानकारी दिए ।

यसैबीच वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको देखाएको छ । विशेष गरी रोजगारीका खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता रहेको सामीद्दारा आयोजित सो कार्यक्रमका सहभागिहरुले गुनासो गरेका थिए । अध्ययनअनुसार खाडी मुलुक जानकै लागि २ सय ४१ जनाले दुई लाखभन्दा बढी रकम तिरेका थिए । ‘फ्री भिषा फ्री टिकट’मा ती देशमा २१ जना मात्र गएको अध्ययनले देखाएको छ । ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले वैदेशिक रोजगारीमा जान चाहनेले नै बढी सजगता अपनाउनुपर्नेमा जोड दिए । रोजगारीमा जानेले बढी रकम दिएर कम मूल्यको बिल लिने, प्रमाण नै नष्ट गर्ने जस्ता गतिविधि गर्नाले अन्याय पर्दा क्षतिपूर्ति लिनसमेत कठिन हुने गरेको पाइएको उनले बताए ।

परियोजनाका झापा, पाँचथर र इलामका कार्यक्रम अधिकृत रामकमार कर्णले भ्रम चिर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए । उनले सूचना तथा समाचार प्रसारण प्रकाशन गर्दा सञ्चारकर्मीले अरू बढी संवेदनशीलताका क्षेत्रमा समेत हेर्नुपर्ने बताए ।
इलाम, सूर्योदय, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा सञ्चालित परियोजनाले वैदेशिक रोजगारीमा जानपूर्व लिनुपर्ने आवश्यक सूचना प्रदान गर्ने, सीप सिकेर मात्र विदेश जान सुझाव दिने गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: