साउदीमा दूतावासद्दारा एमआरपी नविकरण स्थगित, अत्यावश्यक भएमा मात्र सम्पर्क गर्न आग्रह

साउदी अरव स्थित नेपाली दूतावासले केहि हप्ता भित्रै विद्युतिय राहदानी (ई पासपोर्ट) जारी गर्ने तयारी भइरहेको भन्दै जनवरी ३० देखि फेब्रुअरी १७ सम्मका लागि यन्त्रवाचक राहदानी(एमआरपी) नविकरण नगर्ने भएको छ । दूतावासले सुचना जारी गर्दै तत्काल अत्यावश्यक नभएमा राहदानी नविकरणका लागि आवेदन नदिन पनि अनुरोध गरेको छ ।

दूतावासद्दारा जारी सुचनामा ई पासपोर्ट बनाउने प्रकृया, आवश्यक कागजात लगायतका विषयमा केहि दिन भित्रै अर्को सुचना जारी गर्ने जनाएको छ । ई पासपोर्ट प्रणाली जडान गर्ने कार्य लगायतका अन्य तयारी गर्नुपर्ने भएका कारण एमआरपी नविकरणको काम स्थगित गरिएको जनाइएको छ ।

तत्काल साउदी ईकामा नविकरण गर्नुपर्ने अवस्था आएको र त्यसको लागि नयाँ राहदानी आवश्यक पर्ने भएमा चाहिं एमआरपी नविकरणका लागि आवेदन दिन दूतावासले सुचित गरेको छ । यस्तो अवस्था भएका नेपालीलाई दूतावासको राहदानी शाखामा काम गर्ने कर्मचारीहरुलाई ०५०००३४७८६ वा ०५७१८५७८८४ वा ०५३४३४३१९१ मा सम्पर्क गरेर अग्रिम समय लिएर मात्रै दूतावासमा आउन अनुरोध गरिएको छ । अग्रिम समय नलिई आउनेहरुको आवेदन नलिईने पनि दूतावासले जनाएको छ ।

यसैगरी साउदी अरवबाट फाईनल एक्जिटमा नेपाल आउने यात्रुहरुका लागि एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेण्ट) जारी गरिने पनि जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: