अकामा नविकरण र एक्जिट तथा रि–ईन्ट्री भिसा मार्च अन्तिमसम्म नि:शुल्क

साउदी अरवले अकामाको नविकरण तथा एक्जिट र रि–ईन्ट्री भिसाको म्याद आगामी मार्च ३१ सम्म थप शुल्क नलिई नविकरण गर्ने भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार यस सम्वन्धि विषय हेर्ने साउदी अरवको सरकारी निकाय जवाजतले आवासिय अनुमति (अकामा) र एक्जिट तथा रि–ईन्ट्री भिसा सो समयसम्मका लागि थप कुनै शुल्क नलिई नविकरण गर्ने भएको हो ।

साउदी गजेटका अनुसार कोभिड १९ का कारण विभिन्न मुलुकहरुमा तथा ति मुलुकबाट साउदी अरव आउन यात्रा वन्देज लागेका कारण समस्यामा पर्न सक्ने विदेशी श्रमिकलाई लक्षित गर्दै यस्तो निर्णय गरिएको हो । उनीहरु साउदी सरकारको सो निर्णयबाट लाभान्वित हुने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

जवाजतले यसबीचमा म्याद सकिने अकामा तथा एक्जिट र रि–ईन्ट्री भिसाको म्याद स्वत: मार्च ३१ सम्म थपिने जनाएको छ । यसका लागि कुनै थप प्रकृया गर्नु पर्दैन । तर साउदी अरवमा यस अगाडी नै एक मात्रा कोभिड–१९ विरुद्दको खोप लगाएका र स्वदेश फर्किएर पुन: साउदी अरव फर्किनु पर्नेहरुलाई भनें लागु नहुने जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: