भिजिट भिसामा खाडी र मलेसिया, को जान पाउँछन्, को पाउँदैनन् ?

सरकारले भिजिट भिसामा खाडीका मुलुकहरु र मलेसिया जाने सन्दर्भमा लगाएको बन्देजमा केहि खुकुलो बनाएको छ । माघ १० गतेदेखि लागु हुनेगरी गृह मन्त्रालयले जारी गरेको आदेशमा केहि खुकुलो बनाइएको हो ।

नयाँ व्यवस्था अनुसार सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तराष्ट्रिय कारोवार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरु संस्थागत कामका लागि भिजिट भिसामा जान पाउनेछन् ।

यसैगरी नेपालमा सामान आयात निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरु आयात निर्यात सम्वन्धि काम गर्ने प्रयोजनका लागि पनि भिजिटमा जान पाउनेछन् । खाडी मुलुकहरु बाहेक कम्तिमा दुईवटा मुलुक पर्यटकको रुपमा भ्रमण गरिसकेका यात्रुहरु पनि सो भिसामा जान पाउनेछन् ।

वार्षिक न्यूनतम ६ लाख रुपैंया कर योग्य आय भई कम्तीमा सोको आधा रकम बैंक खातामा बचत भएको र नेपालको कर प्रणालीमा आवद्द भएका व्यक्तिहरु पनि भिजिट भिसामा जान पाउनेछन् ।

वैदेशिक रोजगार व्यवसायको बजार प्रवद्र्दनका लागि जाने म्यानपावर व्यवसायीहरु, विरामी कुरुवा र विरामीको रेखदेखका लागि जाने तीन पुस्ता भित्रका परिवारका सदस्यहरु पनि नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालय मार्फत लेखि आएको भएमा भिजिट भिसामा जान पाउनेछन् ।

आकर्षक कमाईको प्रलोभनमा भिजिट भिसामा लगेर युएई लगायतका मुलुकमा नेपाली नागरिकलाई दलालहरुलृ अलपत्र पार्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्ने नसकेको सरकारले भिजिट भिसामा जान नै रोक लगाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयको विज्ञप्ती

Home ministry
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: