साउदीमा घट्दै छ विदेशीलाई रोजगारी, साउदीकरणका कारण विदेशी श्रमिकको संख्यामा ठूलो कटौति

साउदी अरवमा तीन बर्षको अवधिमा १० लाख ५० हजार विदेशी श्रमिक घटेका छन् । साउदी अरवले विदेशी श्रमिक घटाउँदै लैजाने निति अनुरुप विदेशी श्रमिक राख्ने रोजगारदातासँग बढी कर असुल्न थालेपछि विदेशी श्रमिकको संख्यामा ठूलो मात्रामा गिरावट आएको हो । यसैगरी कोभिड-१९ का कारण पनि विदेशी श्रमिकको संख्या घट्न मद्दत गरेको साउदी अरवका स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।

साउदी गजेटका अनुसार सन् २०१८ देखि २०२१ को अन्त्यसम्ममा सो संख्यामा विदेशी श्रमिक घटेका हुन् । साउदी अरवले सन् २०१८ देखि विदेशी श्रमिक राख्ने रोजगारदाताले अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरेको थियो । सन् २०१८ मा प्रति विदेशी श्रमिक रोजगारदाताले मासिक ४ सय साउदी रियाल तिर्नु पर्दथ्यो भनें त्यसलाई क्रमश: वृद्दि गर्दै साउदी अरवले सन् २०१९ मा प्रति विदेशी श्रमिक ६ सय रियाल तथा सन् २०२० मा ८ सय रियाल पुर्याएको थियो । यसले रोजगारदाताको खर्च बढाउँदै लगेपछि उनीहरु विदेशी श्रमिक कम गर्दै लैजान बाध्य भएका हुन् । सो स्थानमा साउदी अरवकै नागरिकलाई रोजगारी दिनुपर्ने साउदी अरवको सरकारको निति छ जसलाई साउदीकरण भनिएको छ ।

साउदीकरणका कारण पछिल्ला केहि वर्षयता शारिरीक परिश्रम कम पर्ने प्रकृतिका रोजगारीमा विदेशी श्रमिक राख्न नपाउने व्यवस्था छ । सन् २०१७ को अन्त्यमा १ करोड ४२ लाख विदेशी श्रमिक रहेकोमा सन् २०२१ को अन्त्यमा त्यसमा झण्डै ११ लाखले कमि आएको समाचारमा जनाइएको छ । यो विदेशी श्रमिक कम गदै्र्र लैजाने साउदी सरकारको नितिकै कारण सम्भव भएको सरकारी अधिकारीलाई उधृत गर्दै ओकिजले लेखेको छ ।

विदेशी श्रमिक घट्दै जाँदा साउदीको श्रम बजारमा साउदी नागरिकको संख्यामा भनें वृद्दि भएको छ । सन् २०१८ देखि २०२१ को अन्त्यसम्ममा साउदी अरवको श्रम बजारमा २ लाख २० हजार स्थानीय नागरिक रोजगारीमा प्रवेश गरेको तथ्याङ्क छ । साउदी अरवको श्रमिकको वीमा सम्वन्धि काम गर्ने संस्था गोसीमा आवद्द हुने साउदी नागरिकको संख्यामा पनि ठूलो मात्रामा वृद्दि भएको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय