अव विदेशबाट आउनेहरु क्वारेण्टीन बस्नुपर्ने, एकैदिन १० हजार बढीमा कोभिड संक्रमण

कोभिड-१९ को संक्रमण बढेसँगै सरकारले यसलाई नियन्त्रण गर्न थप केहि कडाई गरेको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सुचना अनुसार अव देखि विदेशबाट नेपाल आएकाहरु कम्तिमा पाँच दिन होम क्वारेण्टीनमा बस्नु पर्ने भएको हो ।

तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले एकै सन्देश सहितका् सुचना जारी गर्दै घर बाहिर वा सार्वजनिक स्थलमा निस्कदा सवैले मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।

२५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्न नगराउन पनि जिल्ला प्रशासन कार्यालयहरुले अनुरोध गरेका छन् ।

पढ्नुहोस् जिल्ला प्रशासन कार्यालय, काठमाडौंको विज्ञप्ती

pdf_notice(1)
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय