एनआरएनएका पदाधिकारीको निर्वाचन फेब्रुअरी २८ मा हुने

गैर आवासिय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचन आगामी फेब्रुअरी २८ मा हुने भएको छ । शनिवार बसेको संघको बैठकले निश्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अगाडी बढाउन र महाधिवेशन प्रतिनिधिमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति पनि गठन गरेको छ ।

समितिका सदस्यहरुमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरु द्येवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, वर्तमान अध्यक्ष कुमार पन्तका साथै राम प्रताप थापा रहेका छन् । सो समितिले संघको विधान अनुरुप २६ जनवरी भित्रै महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरी संघका अध्यक्ष कुमार पन्त मार्फत निर्वाचन समिति समक्ष पेश गर्ने संघका प्रवक्ता डीवि क्षेत्रीले जनाएका छन् ।

बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा. हेमराज शर्माको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको क्षेत्रीले जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय